Sunday, February 24, 2013

स्वरोजगारको लागि घरवास पर्यटन

स्वरोजगारको लागि घरवास पर्यटन

१ .नेपालको परिचय
    भौगोलिक दृष्टिकोणले नेपाल विश्वका धेरै साना मुलुकहरु मध्ये एउटा हो । यहाँ पाइने प्राकृतिक तथा मानवीय सम्पदाहरु जस्तै हिमाल, पहाड, नदी, नाला, बन, जंगल, बनस्पति, मठमन्दिर, धर्मसंस्कृति, जनजाति, कला भाषाले मुलुकलाई बिशाल बनाएका छन । यिनीहरु नै पर्यटन बिकासका मूल आधारहरु हुन र यसैमा नेपालका पर्यटन उभिएको छ । नेपालबाट दशवटा स्थल बिश्व सम्पदा सूचीमा सूचिकृत गरिएकोछ ।

    नेपालमा धेरै पछि मात्र पर्यटकीय गतिविधि प्रारम्भ भएको हो । राणाशासनको अन्त्य पछि यो मुलुकमा औपचारिक रुपमा बिदेशीहरुका लागि प्रबेश खुल्ला गरिएको पाइन्छ । यथोचित प्रचार प्रसार एवम व्यबस्थापनको कारणले गर्दा जति संभावना छ त्यो लक्ष्यमा पुग्न नसकेको अवस्था छ । पर्यटकीय महत्वका स्थलहरुको पहिचान एवं प्रचार प्रसार गर्न नसकिएकोले केही बर्ष अघि सम्म पनि पर्यटन व्यवसाय व्यवस्थपान गर्न सकिएको थिएन । सन १९९० पछि पर्यटनलाई उद्योग एवं व्यवसाय कै रुपमा अघि बढाउन थालिएको हो । क्रमश बामे सर्दै गरेको पर्यटन व्यवसायलाई १० बर्षको जनयुद्धले धराशायी बनायो । हाल पुन एक पटक पर्यटनले बिकासका लागि दु्रत गति समातेको छ । पर्यटन बर्ष २०११ को राष्ट्रिय अभियानका कारण पनि देशभरका समुदायहरुमा पर्यटन सचेतना अभिबृद्धि भयो ।तर २०७२ को भुकम्प, त्यस पछिको महामारी र हालको शिथिल आर्थिक गतिबिधिको बाबजुद पर्यटनले लय समात्ने प्रयास गरिरहेको छ । 
 
२. नेपालको लागि पर्यटनको महत्व
    नेपालीहरुको जीवनयापनको प्रमुख श्रोत कृषि क्षेत्र नै भएकोले देशको कुल ग्राहस्थ उत्पादनमा समेत यसको हिस्सा सबैभन्दा ठूलो रहेको छ । नेपालमा उपलब्ध श्रोसाधनलाई मध्यनजर गर्दा प्राकृतिक स्वरुप जैबिक बिबिधता, साँस्कृतिक सम्पदा, जनजातिय परम्परा जस्ता श्रोतहरुलाई पर्यटकीय प्रयोजनमा ल्याएर पर्यटन उद्योगको बिकास गर्न सकिन्छ ।
    पर्यटन उद्योगको दायारा अन्य उद्योगहरुको दाँजोमा निकै फराकिलो रहेको मानिन्छ । यस उद्योगमा साना र ठुला होटल, रिसोर्ट, लज र मनोरञ्जनात्मक क्रियाकलापहरु संचालन गर्न सकिन्छ ।
    नेपाल जस्तो भूपेरिवेष्टिक राष्ट्रको पूँजी एवं आधुनिक प्रविधिबिहिन र बेराजगारी रहेको देशमा ग्रामीण रोजगारीका अवसरहरु सिर्जना गर्न र बिकासका पूर्वाधारहरुको लागि आवश्यक सीप, सामाग्री र प्रविधि आयात गर्ने आवश्यक बिदेशी पैसा समेत पर्यटनबाट आर्जन हुन सक्ने भएकोले नेपालको लागि पर्यटन बिकास प्रमुख प्राथमिकताको बिषय बस्तु हो । 
 
३. क्षेत्रिय बिकासका लागि पर्यटन
 क. शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरु, बिकसित तथा पिछडिएका क्षेत्रहरुमा पर्यटन सम्बन्धि शिक्षा प्रदान गर्नु

 ख. कृषि क्षेत्र जसमा देशको जनसंख्याको ठूलो हिस्सा संलग्न भइकन पनि आशातित प्रतिफल दिन सकेको छैन । तसर्थ प्राकृतिक, सास्कृतिक     र अन्य आकर्षणहरुको बितरण ढाँचाका कारण पनि कृषिको सम्भावित बिकल्पको रुपमा पर्यटन नै प्रस्तुत भएकोछ ।
 
ग. क्षेत्रगत रुपमा ग्रामीण पर्यटन बिकास भइ रोजगारीका अवसरहरु र थप आय आर्जनका विकल्पहरु सिर्जना भएमा पहाडबाट तराई तथा गाउँबाट शहर बसाँइ सराईका कारण उत्पन्न भएका बाताबरणीय पर्यावरणीय क्षतिको न्यूनिकरण हुने बलियो सम्भावना रहन्छ ।

घ. पर्यटनको बिकासको लागि पूर्वाधारहरुको बिकास र बिस्तार अनिवार्य शर्त हो। तर पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ र लाभका अवसरहरुले समेत पूर्वाधार विकास निमार्णका लागि स्थानीय समूदाय, स्थानीय निकायहरु र अन्य सरोकारवाला संघ संस्थाहरुलाई उत्प्रेरित गर्दछन । पर्यटकीय गन्तब्यहरुमा स्थापित यातायात, सञ्चार, स्वास्थ्य सुरक्षा लगायतका संरचनाहरुकोस्थानीय समुदायलेसमेत उपभोग गर्ने हुनाले उनीहरु पनि ती संरचनाहरुको आर्थिक र सामाजिक लाभका समान हिस्सेदार हुन्छन ।
 
 ङ. ग्रामीण बाताबरण र परिवेशमा रहेका सम्पदाहरुलाईजस्तै जमिन, पानी, पहाड, जंगल, घाँसे मैदान प्राकृतिक संरचनाहरुले आराम र मनोरञ्जनका लागि उत्कृष्ट परिवेश बनाउने मात्र नभई व्यवसायिक पर्यटकीय सम्पदामा रुपान्तरण गर्नका लागि कच्च पदार्थको समेत काम गर्दछन्। आर्थिक रुपमा खासैमहत्व नराख्नेकोरा प्राकृतिक र साँस्कृतिक पक्षहरुलाई बहुमुल्य बजारीकणयोग्य श्रोतको रुपमा रुपान्तरण गर्ने काम पर्यटनले गर्दछ ।

होम स्टे घरबास पर्यटनको परिभाषा र अवधारणा
    नेपालमा घरबासको अवधारणा प्राचिन काल देखि नै अतिथी देवो भवो अर्थात पाहुन देवता सरह हुन भन्नेबाक्यबाट बिकसित भएको देखिन्छ । प्राचिन समयमा रुपैयाँ पैसाको चलन भन्दा बस्तु बिनियमको महत्व रहन्थ्या । नेपालमा सगरमाथाको आरोहण प्रयास सुरु भए देखि संगठित र संगठित रुपमा अन्तराष्ट्रिय पर्यटनको ढोको खुलेको हो।
    नेपालमा प्राकृतिक मनोरम स्थलहरु पर्याप्त भएता पनि नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनका सुरुका बर्षहरुमा पर्यटकहरुले आफु संगैखाने, लगाउने, ओडने,ओछयाउने, औषधि लगायतका सरसामानहरु आदि आफैले ल्याउथे र नेपाली भरियाले मात्र भारी बोके बापत ज्याला पाउने गर्दथे । प्राय जसो सबै पर्यटकहरु टेण्ट खडा गरेर बस्दथे । विस्तारै विस्तारै ती क्षेत्रमा होटल र लजहरु खोलिएका छन् बाटोघाटोमा पैदल यात्रीहरुलाई सुविधाका निमित्त आफै बस्ने घरमा होटल र लज सञ्चालन भै राखेका छन् । पर्यटकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउने होटेलहरु केही पर्यटकीय स्थल, शहर र जिल्ला सदरमुकामा मात्र सिमित रहेका छन् । ग्रामीण क्षेत्रका गाउँमा पर्यटकहरुलाई खाने, बस्नेघुमाउने सुविधा प्रर्याप्त नभएकोले थोरै लगानीमा गाउँलेहरुकै सक्रियतामा उपलब्ध गराउनका लागि होम स्टे अर्थात घरबास पर्यटनको अवधारणा अगाडि आएको हो ।
    उदाहरणको रुपमा स्याङग्जा जिल्लाको सिरुबारी गाउँलाईपनि स्थानीय गुरुङ समुदायको संयुक्त प्रयासमा व्यवस्थित रुपले पहिलोपटक नमुना होम स्टे गाउँको रुपमा विकास गर्न सफल भएका छन् । त्यस्तै गरी घान्द्रुक नेपालको यस्तो गाउँ हो जसले गाउँमा पनि पर्यटन फस्टाउन सक्छ र एउटा सिंगो गाउँ पर्यटकीय गन्तब्य बन्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गरीदिएको छ ।

होम स्टेका चुनौती र अवसर भक्तपुर सन्दर्भ मामिला अध्ययन 

होमस्टेको अवसर परिचय
भ्रमणका लागि आएका पर्यटक र अतिथिलाई निजी वा सामुदायिक घरमा बसोबास गर्ने ब्यबस्था होम स्टे हो । मानब अभिरुचि मध्ये एक फरक फरक जीवन शैली अनुभव गर्नु पनि हो । आफु बास बसेको घर परिवारबाट आतिथ्य ग्रहण गर्न पाउनु होम स्टेको बिशेषता हो । आधुनिकतामा रमाउन चाहनेहरुले आफ्ना पूख्र्यौली घरहरु रित्तै छोडेका छन् । यी घरहरु प्रयोगमा ल्याउने चुनौती हामी सामू छ ।

रित्ता घर
भक्तपुर सहरबाट अन्यत्र बसाइ सर्ने क्रम संगै यहाँका पुराना घरहरु रित्तिदै गएका छन् । प्रयोग बिहिन हुदा घरहरु जीर्ण हुदै गएका छन् । केही रित्ता घरहरुमा कम आय भएकाहरुले डेरा लिएर बसेका छन् । उनीहरुलाई छिडीमा मात्रै डेरा दिने गरिएको छ । स्वास्थ्यको दृष्टिले छिडीको बसाई स्वस्ष्थकर छैन । बिपन्नहरुलाई घर कुरुवाका रुपमा दरवार क्षेत्र, तमारी, क्वाछे लगायतका क्षेत्रहरुमा घरधनी नबस्ने घरहरु डेरा दिइएको छ । पर्यटकीय क्षेत्र भित्र पर्ने गल्लीहरुमा सरसफाईको अभावमा त्यहाँ पर्यटक पुग्ने गरेका छैनन् ।
 
रित्ता घरहरुको अध्ययन सरकारी निकायहरुमा उपलब्ध छैन् । रित्ता घरहरुका होम स्टे सञ्चालन गरी बिपन्नलाई रोजगारीको अवसर दिन सकिन्छ । यी घरहरुमा डेरा बसिरहेका मध्ये अधिकांस हकर ब्यापारीको रुपमा काम गरिरहेका छन् । उनीहरुले पर्यटकलाई सामान किन्न दवाब दिएर पिडा दिइरहेका छन् । रोजगारीको अर्को अवसर मिले पछि हकर न्यूनीकरण गर्न सकिन्छ ।
 
भक्तपुर दरवार क्षेत्रको सन्दर्भमा रित्ता घरहरुमा होम स्टेको पुर्वाधार बिकास गरी अहिले हकरका रुपमा काम गरिहेकाहरुलाई जिम्मा दिन सकिन्छ । उनीहरुलाई परम्परागत ज्ञानको तालिम दिएर कोसेली घरको रुपमा होम स्टेलाई बिकास पनि गर्न सकिन्छ । यसबाट पर्यटकहरुलाई बिदेशबाट आयत गरिएका सरसामान नेपालको चिनो भनी भिडाउने चलनको अन्त्य हुन सक्छ ।
 
सत्तल
दुई तले पाटीलाई सत्तल भन्ने गरिएको छ । सत्तलहरु अतिथि वा घुमन्तेहरुको बासको लागि बनाउने गरिन्थे । भक्तपुरमा नगरपालिकाले केही सत्तलहरुको पुर्ननिर्माण गरेको छ । केही भने प्रयोग बिहिन अवस्थामा छन् । धार्मिक क्षेत्र हनुमानघाटमा पुर्ननिर्मित सत्तल प्रयोगमा आउन सकेको छैन । सो सत्तललाई सामुदायिक होम स्टेका रुपमा बिकास गरी हनुमानघाटमा साँस्कृतिक र धार्मिक गतिबिधिमा पर्यटकलाई सहभागी हुने अवसर दिन सकिन्छ । भक्तपुर दरवार क्षेत्रको एउटा सत्तलमा रेष्टुरेण्ट सञ्चालित छ, अर्कोमा भन्ने पुरात्तत्व बिभागको दरवार हेरचाह कार्यलय रहेको छ ।
 
निजी घर
हिजोआज भक्तपुरबासीहरु रोजगारी र अध्ययनको सिलसिलमा बिदेशमा छन् । बाहिर गएका आफन्तका साथीहरुलाई नेपाल भ्रमणको निम्तो गरेर निजी घरहरुमा बसोबास गराउने व्यवस्था मिलाउन सकिन्छ । बिदेश पुगेका धेरैका आफन्तहरुले हिजोआज भक्तपुरमा अतिथिको लागि घरमा छुट्टै कोठाको ब्यबस्था गरेका छन् । होम स्टेको अवधारण आए पछि नगर भित्रका पुराना घरहरुमा व्यबस्थित बाथरुमहरु बनेका छन् ।
निजी घरहरुको ब्यबस्थापन स्थानीय सास्कृतिक टोलीलाई दिन सकिन्छ । यसबाट सास्कृतिक गतिबिधिलाई निरन्तरता दिन रकमको बन्दोबस्त हुन्छ । साँस्कृतिक कार्यक्रमहरु निरन्तर हुने भए पछि पर्यटकको बसाई लम्बिन्छ । विश्वबिद्यालयबाट स्थलगत अवलोकन भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी निजी घरहरुमा होमस्ट सञ्चालन गर्न सकिन्छ ।

चुनौती
होम स्टे पुर्ण रुपमा ब्यबसायिक र पुर्ण रुप निजी सेवा होइन । यसकारण यसको ब्यबस्थापनका लागि र लगानी गर्ने सन्दर्भमा सञ्चालन अघि देखिने चुनौती हुन । सञ्चालनमा आइसके पछि भने अन्य समस्या र चुनौती पनि देखिनेछन् ।

तालिम
बेनीको यो गाउँमा समेत घरबास पर्यटनको संभावना भएको कुरा यहा जन्मी हुर्की शहर पलायन भएका युवाहरुले बताउने गरेका छन् । यहाँ रहेका आमा समुह मार्फत यसको प्रचार प्रसारको लागि यो तालिमको आयोजना गरिएको हो । भक्तपुर सहरमा हाल सम्म कुनै किसिमको घरबास संबन्धि तालिमा नएको हुदा, यहाँका स्थानीयहरु जागरुक देखिएको छैन । त्यसैले यहाँ तालिमको संभावना अधिक रहेको छ । 
 
अतिथि सत्कार
आफ्नो स्थानमा आएका पाहुनालाई खुसी तुल्याउन उचित खानपिन र बसोबासको ब्यबस्था मिलाउनलाई अतिथि संस्तकार भनिन्छ । स्थानीय रितिरिवाज अनुसारको नाचगान र गानाबजाबाट अतिथिहरुलाई तुल्याउन सकिन्छ । गाउँको भौगलिक सुन्दरता अवलोकन भ्रमण, विद्यालय र टोलमा सास्कृतिक कार्यक्रम गरेर सूचना र मनोरञ्जन अतिथिहरुलाई रमाइलो अनुभव गराउन सकिन्छ । यसरी आएका अतिथिहरुबाट सेवा बापत आर्थिक लाभ पनि पाइन्छ ।
 
पर्यटक
साधरण बोलचालको भाषामा, भ्रमण गर्ने लाई पर्यटक भन्छि । अथवा एक ठाउँबाट अर्को ठाउँमा बिभिन्न कारणले जस्तै घुम्न, मनोरञ्ज लिन, पढ्न, खेल्नका लागि जसले भ्रमण गर्दछ त्यस व्यक्तिलाई पर्यटक भनिन्छ । यस्तो पर्यटक आन्तरीक र बाह्य पर्यटक दुबै हुन्छन् ।
 
पर्यटन
पर्यटकलाई अथवा भ्रमण गर्नेलाई सेवा सुविध प्रदान गर्ने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ अथवा भुमनका लागि बाताबरण बनाउने र घुम्ने परिस्थिती सृजना गर्ने कार्यको समग्रतालाई पर्यटन भन्ने गरिन्छ । यसरी कुनै घुमन्ते गाउँ तर्फघुम्न गयो भनेग्रामीण पर्यटन, पर्बत तर्फगयो भने पर्वतीय पर्यटन, खेलकुद गतिविधिहरुमा सहभागी भएमा वा अवलोकन गर्ने उदेश्य सहित यात्रा गरेमा खेलकुद पर्यटन भन्ने गरिन्छ ।

सारांश
अन्तमा, ग्रामीण पर्यटनको एउटा महत्वपूर्ण अंगको रुपमा बिकास भई रहेको होम स्टे पर्यटन कार्यक्रम बाट एकातिर थोरै लगानीमा धेरै भर्यटकहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने र अर्कोतिर पर्यटकहरुबाट प्राप्त आम्दानी जनताको जिवीकोपार्जनमा सहयोग पुग्दछ र रोजगारीको अवसर प्राप्त हुन्छ ।