Sunday, September 19, 2010

लोकतान्त्रिक गणतन्त्रको आधार राजनैतिक पर्यटन

लोकतान्त्रिक गणतन्त्रको आधार राजनैतिक पर्यटन

देश प्रमुख जनताले चुनेर पठाएको ब्यक्ति हुने ब्यबस्थालाई गणतन्त्र भन्ने गरिएको छ । बिश्वका केही गणतान्त्रिक मुलुक मध्ये नेपाल पनि एक हो । नेपालमा गणतन्त्र ल्याउनुका लागि यहाका नेताहरुको पर्यटन गतिबिधिले उल्लेखनीय योगदान गरेको छ ।
 
राणाकालमा शाहबंशका महाराजहरु गद्दीमा बस्न पाए पनि उनीहरुले भने जस्तो शाषण गर्न पाएका थिएनन् । त्यही भएर त्रिभुवन राजाले राणा न्दा जनताको साथ दिए । फलत जनताहरुको साथ पाएर नेपालबट १०४ बर्षे जहानिया राणा शाषणको पतन भयो ।
 
आफ्नो दैनिक गुजाराको लागि भन्दा फरक कामको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने कृयाकलापलाई पर्यटन भनिन्छ । राजनैतिक दलले गर्ने धर्ना, जुलुस, आन्दोलन, ज्ञापनपत्र बुझाउने, दवाबमुलक कार्यक्रमहरु, भोट माग्न जाने, तोडफोड, आगजनी लगायतका गतिबिधि राजनैतिक पर्यटन अन्तर्गत पर्दछन् ।
त्रिभुवनले भारतबाट फर्केर जहाज चढेर नेपाल आएका थिए । यो ने नेपालमा भएको पहिलो ऐतिहासिक उडान रहेको छ । त्यस पछिका दिनमा काठमाडौंमा बिमानस्थल बन्यो । हालसम्म पनि सो बिमानस्थल नेपाल भित्र आउने र बाहिर जाने महत्वपुर्ण नाकाको रुपमा रहेको छ । नेपाल आउने असी प्रतिशत भन्दा बढी बिदेसी पर्यटकहरु यसै बिमानस्थल मार्फन नेपाल प्रबेश गर्दछन् ।

नेपालमा हुने राजनैतिक आन्दोलनका खाकाहरु भारतमा बसेर योजना बनाइने गरिएका छन् । यसबाट नेपालका आन्दोलनहरु सफल पार्न नेपाली नेताहरु पर्यटकका रुपमा भारत पसेर भारतीय एजेण्डा बोकेर नेपाल फर्किन्छन् भन्ने स्पष्ट हुन्छ ।
 
भारतमा बनेको ऐजेण्डाहरुमा कुनै न कुनै रुपमा भारतीय स्वार्थ लुकेको हुन्छ । अन्तराष्ट्रिय पर्यटनमा नेपालीलाई फाइदा भए पनि राजनैतिक पर्यटनले भने नेपाली राजनितिलाई भारतमुखी बनाएको छ ।
नेपालका आन्दोलनका योजनाहरु नेपालीमुखी बनाउन भने नेताहरुले यहीका पर्यटन स्थलहरुमा गोप्य अथवा राजनैतिक बैठक गर्न सक्नु पर्दछ । भारतमा गरिने बैठकमा नेपाली नेताले भारतीय दलालको रुपमा मात्र काम गर्ने गरेका छन् । यस्तै प्रकृतिले गर्दा सात सालमा आएको प्रजातन्त्र एक दशक मै पञ्चायती ब्यबस्थामा परिणत भएको थियो ।
 
भारतमा बनेको योजनाका आन्दोलहरुले नेपालमा हुने ब्यबस्था परिबर्तन दिगो हुन सकेका छैनन् । आन्तरीक रुपमा हुनु पर्ने गतिबिधिहरुमा भारतीय स्थार्थको चलखेलले सफलता पाउन नसक्दा, नयाँ नयाँ रुपका आन्दोलनका कार्यक्रमहरु गर्न नेपाली नेतालाई दवाव पर्ने गरेको छ ।

तर पनि ब्यबस्था परिबर्तनको लागि हुने निर्णायक आन्दोलन भने नेपाली जनताले गर्ने जनआन्दोलन नमको राजनैतिक पर्यटनबाट सफल हुने देखिन्छ । ६२ र ६३ सालमा १९ दिनको हडतालमा पुरै नेपालीले गरेको पर्यटनले नै ज्ञानेन्द«लाई जनताको नासो जनता मै फर्काउन दवाब परेको हो ।

लोकतन्त्र आएपछि भने नेताहरुको कुर्सी मोहको कारण तीन पटक सत्ता परिबर्तन भैसकेको छ । दर्जनौं पटक मन्त्री मण्डल बिस्तार भएको छ । संबिधान जारी गर्ने मिति नजिकिदा समेत सत्ता परिबर्तनको हल्ला चलेको छ ।
नेताहरुले जनतालाई भरिया सम्झिएका कारण लोकतान्त्रिक गणतन्त्र समेत धरापमा परेको छ । पर्यटकको रुपमा बिभिन्न स्थानमा पुगेका पुर्ब राजालाई राजतन्त्र ब्युतन सक्ने कुरा उठाउने बहाना मिलेको छ ।
गणतन्त्रपछि जनताले राजनैतिक पर्यटकको रुपमा नभएर देशके प्रकृति र संस्कृति बुझ्ने पर्यटक बन्न पाउने ठानेका थिए । तर लोकतान्त्रिक गणतन्त्र समेत सुरक्षित हुन सकेको छैन । स्वतफुर्त रुपमा चल्नु पर्ने संसदका सभाहरुमा देखिने अबरोध नगर्नको लागि दबाव दिन नागरीकहरु बाध्य भएका छन् ।
 
नेता गणमा बिरोधको लागि मात्र बिरोध गर्ने प्रबृत्ति हटेको छैन । उनीहरुले बिपक्षी दलका नेतालाई गाली गर्न काठमाडौंको टुडिखेल लगायत देशका ठुला चौरहमा राजनैतिक पर्यटहरु जम्मा पार्ने गरेका छन् । बानेश्वर, सिहदरवार, माइतीघर मण्डलामा दिनँहू जस्तो कर्मशील युवाहरुलाई काम गर्न रोकेर चकाचर्की नारा बोल्न लगाउदै आएको छ । यस किसिमको नाराबाजीले भने बिदेसी पर्यटकहरुमा नकारात्मक भावना उब्जाउने गरेको छ ।
 
Conclusions
ठुला नेताहरुलाई पनि नेपालको गलत दिशामा गइरहेको राजनैतिक पर्यटन मन परेको देखिदैन । त्यसैले उनीहरु तनाबबाट मुक्ति पाउन घुमफिरका लागि देश बिदेश पुग्ने गरेका छन् । राजनैतिक पर्यटनको मुल उदेश्य दलको कार्यकर्ता प्रदर्शन गर्नु हो । उनीहरुसंग पार्टीको योजनाका बारेमा छलफल गर्नु हो । नेपालमा भने नेताहरुले कार्यकर्ताहरुलाई एकोहोरो कुरा मात्र सुनाउने गरिएकोले राजनैतिक पर्यटन प्रभाबकारी हुन सकेकोक छैन ।
नेताको कुरा जनताले आमसञ्चार माध्यमबाट पनि थाहा पाउन सक्छन् । तर नेतालाई आफ्नो कुरा राख्न पाइएका कि भनेर जुलुस सभा र धर्नामा सहभागी हुने कार्यकर्ताले भने पुलिसको लाठी हात पार्ने गरेका छन् । यसबाट नेतालाई जनताको बोली बोल्नु भन्दा आफ्नो कार्यक्रममा सरकारी दमन भयो भनेर बिरोध गर्ने अर्को बहाना मिल्छ ।
नेता र पार्टीको लागि कार्यकर्ताहरुले गरेको योगदानको उचित मुल्याङकन नगरिदा जनता शोषित भैरहेका छन् । दिगो शान्तिको लागि कार्य गर्नु भन्दा कार्यकर्ता बीच झगडा गराएर ठुला नेताले मनोरञ्जन गर्ने गरेका छन् ।
अब भने राजनैतिक पर्यटनको महत्व कार्यकर्तालाई बुझाइनु पर्दछ । जुलुस लगायतका कार्यक्रमहरु निश्चित उदेश्यको लागि हुनु पर्दछ । बिरोध सभा भन्दा बढी नागरीकका कुरा नेतालाई सुनाउने ब्यबस्था भएको छलफलमा आधारीत राजनैतिक पर्यटनको प्रबद्र्धन समेत नेपाल पर्यटन बोर्डले गर्नु पर्दछ । राजनैतिक पर्यटन पार्टीहरुको योजनामा समाबेश नगरिएमा सम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्दैन । नेपाल भ्रमण बर्ष सफल पार्न बन्द र हडताल हुनु हुदैन । नेताले राजनैतिक पर्यटनको महत्व बुझेमा नै बन्द हडतालमा भन्दा राजनैतिक पर्यटनमा उनीहरुको ध्यान जानेछ ।

Monday, September 13, 2010

पर्यटन बर्षको लागि सहरी बन

पर्यटन बर्षको लागि सहरी बन
डिजिटल उपकरणहरुमा हरिया चिप्सहरुको प्रयोग बढेको छ । यसको बिपरीत हरिया बोटबिरुवा भने घट्दै गएको छ । बनबिनास, डढेला र मानिसबाट हुने बन अतिक्रमको कारण बिश्वको हरियालमी ह«ास आएको हो । बिश्वका दश लाख पर्यटन भित्र्याउन नेपाल पर्यटन बर्ष २०११ को घोषणा गरिएको छ ।
यो संख्यालाई स्वागत संत्कार गर्न भने सहरमा समेत हरियाली कायम गर्नु पर्दछ । बिदेसीहरु सबैभन्दा पहिलो काठमाडौंको बिमानस्थलमा आउने भएकोले चालु बर्षमा सहरी बन बिकास गर्ने सरकारी योजना रहेको छ । जसअनुसार गत जुन ५ तारिख बिश्व बाताबरण दिवसको दिनबाट नेपाल पर्यटन बोर्डले बिदेसीहरुलाई रुख राप्न लगाउने कार्यक्रम अघि सारेको थियो । यो कार्यक्रम अहिले अलपत्र परेको छ । । पर्यटन बर्षलाई सफल बनाउन भने यो कार्य सुचारु गर्न नितान्त आबश्यक देखिन्छ । सहरी सुन्दरता बढाउन पनि सडक किनाराहरुमा बोटबिरुवा रोपिनु पर्दछ ।
घरघरबाट निस्कने फोहरलाई तह लगाउन सकिएमा सडकमा फोहर थुप्रिदैन । यसले गर्दा सडक किनारामा बोट बिरुवा हुर्कन सहज हुन्छ । फुटपाथाका बीच बीचमा रुख रोपिएको भए पनि जुलुस र आन्दोलनको क्रममा बिगार्ने गरिएको छ । आगामी दिनमा बन्द हड्ताल जस्ता अराजक गतिबिधि नहुने हो भने सहरी बन बिस्तार हुन सक्छ ।
दोबाटो र चौबाटोमा पनि बगैचाहरु बनाउन सकिन्छ । एयरपोर्ट अगाडिको तीनदोबाटोमा बगैचा नबन्दा बिदेसीहरुले नरमाइलो अनुभब गर्ने गरेका छन् । त्यहाँ फुलको खेती गर्न सकिएमा त बिदेस जाने नेपालीको बिदाइ गर्न र नेपाल आउने बिदेसीलाई स्वागत गर्न ताजा फुलको माला प्रयोगमा ल्याउन सकिन्छ ।
यस बाटोको दायाँबायाँ रुख रोपिनु पर्दछ । केही बर्ष अघि हुर्केका रुखहरु अहिले घर घडेरी बनाउने क्रममा काटिएका छन् स्वच्छ र हराभरा सहर बनाउन त्यहाँ फेरी पनि जातजातका बोटबिरुवा रोपिनु पर्दछ ।
रिङरोडमा रोपिएका रुखहरु धमाधम ढल्न थालेका छन् । धुलो उड्न नदिन र बाइकवालाहरुलाई सजिलै ओहरदोहर गर्न दिन पनि हरियाली आबश्यक छ । सरकारले बागमती अञ्चलमा मात्रै चार लाख बढी मोटर बाइक दर्ता गराएको छ । तर बाइकवालाहरुको लागि छुट्टै बाटो भने बनाइदिएको छैन । यसले गर्दा उनीहरु मारमा परेका छन् । कम सदस्य रहेको बिदेसी पर्यटकको टोली पनि बाइकमा घुम्न रुचाउछन् । उनीहरुको सुबिधालाई हेरेर पनि सरकारले सडक किनारामा बोटबिरुवा रोप्नु पर्दछ ।
बिदेसीहरु नेपालका पुराना मन्दिर हेर्न आउने गरेका हुन । मन्दिर परिसरमा गमलामा फुल राप्नु पर्दछ । फुलको सुगन्धले मन्दिरलाई सुन्दर र थप आकर्शक बनाउन सकिन्छ । यी फुल पुजापाठको लागि प्रयोग गर्न सकिन्छ । मन्दिर परिसरमा हुने अश्लिल गतिबिधि गर्नेहरु यसबाट निरुत्साहित हुने देखिन्छ ।
पोखरीका डिलहरुमा पनि बोटबिरुवा रोपेर, पोखरीको पानीका शुद्धता सन्तुलित पार्न सकिन्छ । लोप हुदै कमलपोखरीहरुमा कमला फुलाउने तत्पराता देखाउनु पर्दछ । पोखरी वरपरको क्षेत्रलाई बगैचाको रुपमा बिकास गर्न सकिन्छ । पिकनिक स्पट समेत बनाउन सकेमा त आय अर्को श्रोत पनि हुन्छ ।
बाटाका डिभाइडरको रुपमा ठुला गमला प्रयोग गर्न सकिन्छ । फुल रोपिएका डिभाइडरहरुमा ट्राफक नियमहरु लेख्न सकिन्छ । यसबाट सडक दुर्घटना पनि कम गर्न सकिन्छ । सडकहरु सुन्दर देखिएमा नै यहाँ एक चोटी आएका बिदेसीहरु अर्को पटक पनि आउने इच्छा राख्छन् । आफ्नो देश फर्केर आफन्त र इष्टमित्रालाई नेपाल घम्न सिफारीस गर्दछन् । यसरी पर्यटक संख्या बढाउन पनि डिभाइडरहरुमा बोटबिरुवा रोप्नु पर्दछ ।
होटेलहरु पनि बोटबिरुवा रोपेर झकिझकाउ पारिनु पर्दछ । त्यहाँ रहेका खाली जग्गामा फोहर थुपार्नु भन्दा बचैचाको रुपमा परिणत गर्नु पर्दछ ।
टुरिष्ट चेकपोष्टहरुमा पनि बोटबिरुवा रोपिएका गमलाहरु सजाइनु पर्दछ । चेकपोष्टबाट नेपाल पर्यटन बोर्ड पर्यटकलाई रुख रोप्न लगाउने कार्यक्रमको बारेमा जानकारी दिने ब्यबस्था गरिनु पर्दछ ।
समग्रमा भन्नु पर्दा नेपाल पर्यटन बर्ष सफल पार्न सहरी बनको टड्कारो आबश्यकता छ । सहरी बनके बिकासले बायु प्रदुशण क्षति पनि न्यून हुन्छ । यसको लागि आगामी चैतमा बनस्पति बिभागको स्वर्ण जयन्तीको अवसरमा हुने लागेको बनस्पति प्रदर्शनीमा सहरी बन बिकासको लागि प्रमुख बिषय बनाइनु पर्दछ ।

Saturday, September 11, 2010

Shiva Circuit Express

भक्तपुरको शिब सर्किटमा यात्रा गर्दा

हिन्दु धर्मका अराध्यदेब शिबलाई सम्झिने शिबरात्री नजिकिएको सन्दर्भमा अघिल्लो सनिबार राजन प्रजापति, श्रीकृष्ण सितिखु र पंक्तिकार भक्तपुर शिबसर्किट नाम दिइ शिब यात्रामा गयौं । भक्तपुर वरपरका शिब मन्दिर क्षेत्रहरुमा भैरहेका सामाजिक गतिबिधि बुझ्नको लागि हामीले यात्रा गरेका थियौं ।
बिहान सबेरै हामी सुर्यबिनायक चोकमा भेला भयौं । त्यहाँबाट पत्रकार बालमुकुन्द सुवालको दायाँ पारेर, हामीले काल्हाँचा महादेबको दर्शन गरी यात्राको शुरुवात ग¥यौं। त्यसपछि हामी काल्हाँचा कुण्डमा पुग्यौं, जहाँ स्नान गरेमा खटिराजन्य रोग निको हुन्छ भन्ने मान्यता रहेको छ । हाल त्यहाँ सुर्यबिनायक क्षेत्रबाट बग्ने ढल मिसिएिको कारण रोग निको हुने होइन, लाग्ने पो देखिएको छ ।
त्यहाँबाट हामी केयूको संगीत बिद्यालय रहेको चुपिंघाट शिबालयमा पुग्यौं । त्यहाँ हामीले ७९ वर्षीय मिलबहादुर चिकङबन्जारलाई भेट्यौं । चिकङबन्जारहरुको पुख्र्यौली पेशा तोरीको तेल मन्दिरहरुमा आरतीका लागि र मानिसका घरघरमा भुटनका निम्ति पु¥याउनु रहेको उनले सुनाए । तर, त्यो पेशा अहिले लोप भएको छ । तेल पु¥याउने क्रममा उनी चुपिंघाटबाट रामघाट जान हनुमन्ते खोलाको तिरबाट जान्थे । उनको सल्लाह बमोजिम हामी पनि त्यही बाटो हुदै रामघाट पुग्यौं । प्रदुषित वाताबरणका कारण केही बेर हामीलाई सास फेर्न समस्या भयो । दिनँहु जस्तो केयूमा संगीत साधना गर्न जाने बिद्यार्थीहरु भने प्रदुषित क्षेत्रको बारेमा बोल्न तयार छैनन् ।
रामघाट वारीपट्टी रहेको भक्तपुर नगरपालिको टुरिष्ट चेकपोष्टले भने हनुमन्तेमा फोहर फाल्ने गरेको पाइयो । त्यहाँबाट हामी मंगलतीर्थमा अबस्थित मंगलेश्वर महादेबको दर्शन गर्न गयौं । बेवास्ताका कारण मन्दिर भने फोहर भएको छ ।
मंगलतीर्थ अबलोकन गरेर हामी तेखाचोतिर लाग्यौं । त्यहाँ हामीले पत्रकार लक्ष्मी गारुको पसलमा केही अखबार खरीद ग¥यौं । गारु बाहेक अरु पत्रकारले भक्तपुरमा पत्रिकाको ब्यापार गरिरहेको हामीलाई जानकारी छैन । पत्रकारले पत्रिकाको ब्यापार पनि गर्नु राम्रो हो तर अरुले गरेका छैनन् ।
गारुको पसलबाट हामी बाराहीको द्योछें, खौमा हुदैं, भक्तपुर दरवार क्षेत्रमा पुग्यौं । त्यहाँ हामीले पद्म स्कुल अगाडि पूजा नगरिएको शिबलिंग देख्यौं । त्यसको अगाडि पद्म स्कुलको गेटसंगै उग्र भैरबको कलात्मक मूर्ति रहेको छ । त्यो शिबको रिसाएको बेलाको अबतार हो । दरवार क्षेत्रमै रहेको सानो पशुपति मन्दिर नजिकै शिब गेष्ट हाउसबाट निस्केका फोहर थुपारेको पायौं । त्यही क्षेत्र वरपर भक्तपुर नगरपालिकाले सवारी पार्क गर्न निषेध गरेको छ । नीलकृष्ण ताम्रकारले भने सोही स्थानमा आफ्नो कार पार्किङ गर्ने गरेका छन् । नगरपालिकाका पहलमानहरुले त्यहाँ घुमेर सामान बेच्नेहरुलाई धम्क्याएर हटाउने गरेका छन् । तर, धनाढ्यहरुलाई कारबाही गर्न भने उनीहरु लागि परेका छ्रैनन् ।
श्री पशुपतिनाथले पैसावाललाई सदबुद्धि दिऊन भन्ने आशा गर्दै हामी भैरबनाथको दर्शनका लागि गयौं । मन्दिरका देउपाला आशामरु खाताखोले हामालाई प्रसाद दिए । गोमारीका आशामरु सामाजिक कार्यहरुमा सहयोग गर्न सक्रिय छन् । अर्धबैस उमेरका उनका परिवारमा कोही छैनन्, त्यसैले उनी देउपाला बनेका हुन् ।
आशामरुसंग बिदा लिएर हामी हनुमानघाटको ठुलो शिबलिंग हेर्न गयौं । त्यहाँ सक्कली ढुङगेमूर्ति चोरी भएपछि सिमेन्टले ढलान गरिएका मूर्तिहरु स्थापना गरिएका छन् । तर, हराएका मूर्तिहरु खोज्ने कार्य पुलिस प्रसाशनले गरेको छैन ।
हराएका मुर्तिहरु बिदेसका संग्राहलयहरुमा सुरक्षित रहेको होला भन्ने चर्चा चलाउदै जाँदै गर्दा मकोगल्लीमा रामचन्द्र लवजू भेटिए । उनले हामीलाई केही समय अघि जेलाँको भैरबको मूर्ति चोरी भएको कुरा सुनाए पछि त्यहाँ जाने कार्यक्रम स्थगित भयो । त्यस पछि हामी दत्तात्रयमा गयौं । हामीले दत्तात्रयमा हराएका मूर्तिहरु फेला परोस भनेर प्रार्थना ग¥यौं पनि ।
दत्तात्रय मन्दिर अगाडिको भीमसेनपाटी भने सार्बजनिक शौचालयको रुपमा परिणत भएको छ । त्यही शौचालय हुदै याताछें गयौं । त्यहाँबाट चोर्चा महादेबस्थान जाने गल्लीमा पुग्दा त्यहाँ जमिन्दार रबिन्द« पुरीले ढोका लाएर तालाबन्दी गरेको पाइयो । सार्बजनिक बाटोको अर्कोतिर पनि पुरीले अतिक्रमण गरेर तालाबन्दी गरेका छन् । स्थानीय प्रशासनले पुरीलाई कारबाही गर्न सकेको छैन । हामी बैकल्पिक बाटोबाट चोर्चा गयांैं ।
महादेबको पछाडिको गल्लीमा मैना बोहजूले अमिलो बनाउने गर्दथे । नेमकिपामा सक्रिय हुदै जाँदा भनपाका जागिरे भए पछि उनले अमिलो बनाउने पेशा छोडे । त्यहाँ पुग्दा हामीलाई अमिलोको सम्झनाले मुख रसायो । चोर्चाका किसानहरुले तोरीको सागको माला बनाएर झ्याल झ्यालमा झुण्ड्याएर राखेका देख्यौं ।
चोर्चाको ढुङगेधारामा एक जोडी शिबलिंग स्थापना गरिएको छ । धाराबाट झरेको पानी पोखरीमा जम्मा गर्ने ब्यबस्था मिलाइएको छ । मारीकिबाको महादेब जाने बाटोमा भने जमिन्दार कपिल बनेपालीको द राइजिङ स्कूलले चेन गेट राखेर तालाबन्दी गरेको छ । मारीकिबाको महादेब हेर्न याछेंबाट जानु प¥यो । सो मन्दिर परिसरमा तासका पत्ताहरु फालिएको पायौं । एकान्त ठाउँ भएकाले दिनभर त्यहाँ तास खेल्नेहरु भेला हुने गरेको स्थानीयबासिन्दाहरुले बताए ।
गोमारी महादेब भक्तपुर सहरको मध्ये भागमा रहेको छ । त्यस ठाउँमा गो अर्थात् पानको ब्यापार गर्ने दिवाकरहरु बस्ने भएकाले त्यो ठाउँको नाम नै गोमारी रहन गएको बताइन्छ । भक्तपुरकै सबैभन्दा गहिरो धारा त्यही रहेको छ ।
लालाछेंको धौ अर्थात दही र दुगुमलाको बजीमिलबाट चिउरा किनेर हामी डेकोचा हुदै ज्योर्तिलिङगेश्वर महादेब पुग्यौं । दुई खोलाको दोभानमा रहेको उक्त मन्दिर चाँगु, छालिङ र झौखेलको संगमस्थल हो । त्यहाँ सानो पोखरी पनि छ ।
चाँगुको किलेश्वर महादेवको मन्दिर पूर्बढोकाको अगाडि रहेको छ । किंबदन्ती अनुसार एक राक्षसले चाँगु डाँडा हल्लाएर दुख दिन थाले । त्यो दुखबाट मुक्ति दिलाउन महादेब प्रकट भै डाँडामा किला जस्तै गाडिएर बसे । त्यसबाट चाँगुबासी खुसी भएर किलेश्वर मन्दिर स्थापना गरेको भन्ने जनश्रुति रहेको छ ।
त्रिशुललाई भगवान शिबको प्रतिक मानिएको छ । संसारको सबैभन्दा लामो त्रिशुल भक्तपुर छालिङको मुलाकोट डाँडामा स्थापना गरिएको छ । त्यस त्रिशुलको लम्वाइ करीब पच्चीस फीट रहेको छ । २०५७ सालमा त्यहाँ त्रिशुल स्थापना भए पछि कालीनाथ बाबा आश्रम बनाएर बसेका छन् । वाबाजीले आश्रममा आउने भक्तजनहरुलाइ सदमार्गको शिक्षा दिने गरेका छन् । त्यहाँ रहेको आश्रममा काठको बिशाल भैरबको मुर्ति राखिएको छ । त्रिशुल संगै कालो रंगको पञ्चमुखी हनुमानको मुर्ति पनि राखिएको छ । त्यसको छेउमा नारायण मन्दिर छ ।
त्रिशुल डाँडाबाट झरेपछि छालिङको साँढे खोला र ठुलो खोलाको संगमस्थल मच्छिनारायण मन्दिर परिसरमा रहेको पाँच शिवलिंग मन्दिरमा पुग्यौं । उत्तर दिशाबाट बगेको ढुङगे धाराको जल शिवलिंगमा चढायौं ।
त्यहाँबाट हामी खरीपाटीको ब्यारेकसंगै रहेको यातु महादेबस्थान पुग्यौं । त्यस मन्दिरको पुर्बतिर रहेको तपा डम्फो नामको करीब एक सय मिटर अग्लो डाँडो भने समथर गरेको पायौं । जग्गा दलालहरुले घडेरी निमार्ण गर्न सरकारी डाँडो अतिक्रमण गरी समाएको प्रचार मकर श्रेष्ठले गरेको छ । श्रेष्ठले प्राकृतिक सम्पदा र सरकरी सम्पत्तिको रुपमा रहेको डाँडोलाई जग्गा दलालहरुको कमिसन नपाएका राजनैतिक नेताले दिएकोजानकारी पछि सम्झेका रहेछन् । तर अब त्यो डाँडो सबैको सम्झनामा मात्र रहनेछ ।
१५ बर्ष अघि सुटिङ भएको नेपाल टिभीको बुहुचर्चित गीत हामी उभिएको धरातालमा आज साहसिलो पाइलो सारौं, सफा सुग्घर बाताबरणको एक चहकिलो आयाम कोरौं भन्ने बोलको गीतमा मात्र अव त्यो डाँडामा देखिनेछ । यस्तै कुरा गर्दै हामी चोखाटे हुदै ब्रम्हायणीको महादेब स्थान पुग्यौं । त्यहाँ खोला किनारमा नयाँ भोजघर बनेको रहेछ ।
ब्रम्हायणीबाट हिटीचा, माथुडाँडा हुदै हनुमान भट्टामा पुग्यौं । त्यस क्षेत्र धुलो र धुँवाको कारण प्रदुषित भएको छ । त्यस क्षेत्रमा परम्परागत रुपमा भैसी पालन र दुध बेच्ने पेशा अंगालेका लवजूहरुले आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् ।
भट्टाहरु हेर्दै हामी चितपोलेश्वर महादेब पुग्यौं । त्यहँँबाट हामीले पुर्बमा रहेको भक्तपुर सहर र पश्चिममा रहेको १०८ फीट अग्लो शिबको मुर्तिलाई नियाल्यौं । चितपोलेश्वरबाट हामी पलाँसे हुदै नंखेलेश्वर महादेब गयौं । त्यहाँबाट सिपाडोलको डोलेश्वर पुग्यौं । डोलेश्वरले अहिलेसम्म पनि केदारनाथको शीर हो भन्ने सरकारी मान्यता पाएको छैन । सिपाडोलका घडेरीहरु बिक्री गर्न केदारनाथको हल्ला चलाइएको हो भन्ने हामीले अनुभुति ग¥यौं ।
डोलेश्वरबाट पाटी पञ्ज्याङ हुदै आशापुर गयौं । त्यहाँ हामीले आशापुरेश्वरसंग प्रेसवालाहरु सुध्रिउन भनेर बर माग्यौं । त्यस पछि ठाडो उकालो चढी ढुङगेखर्क हुदै जंगलको बाटोबाट रानीकोट गयौं । रानीकोट भक्तपुरको दक्षिण भेगको अग्लो डाँडा हो । त्यसको तल बाघ भैरबको ढुङ्गा आकृतिको बिशाल मूर्ति रहेको छ ।
बाघभैरबबाट जंगलको बाटो हुँदै लाँकुरी भञ्ज्याङ भएर अनन्तलिङगेश्वर पुग्यौं । त्यहाँ काल भैरवको सानो मूर्ति रहेको छ । त्यहाँबाट हामी अन्तिम गन्तब्य सुवर्णेश्वर पुगी सुर्यबिनायक फर्कियौं ।
हाम्रो एक दिने यात्राको सन्देश भने नजिकको तीर्थलाई हेला नगरौं भन्ने रहेको छ । शिवरात्रीको दिन शिवको दर्शन गर्न पशुपतिमा निकै भीड लाग्ने गर्दछ । यस दिन भगवानको दर्शनको लागि कम्तीमा पनि चार पाँच घण्टा लाइन लागेर बस्नु पर्ने हुन्छ । लाइन बस्नु भन्दा नजिकमा रहेका शिब मन्दिरको यात्रा गर्दा सामाजिक परिबेश बुझ्ने मौका मिल्छ ।