Monday, September 13, 2010

पर्यटन बर्षको लागि सहरी बन

पर्यटन बर्षको लागि सहरी बन
डिजिटल उपकरणहरुमा हरिया चिप्सहरुको प्रयोग बढेको छ । यसको बिपरीत हरिया बोटबिरुवा भने घट्दै गएको छ । बनबिनास, डढेला र मानिसबाट हुने बन अतिक्रमको कारण बिश्वको हरियालमी ह«ास आएको हो । बिश्वका दश लाख पर्यटन भित्र्याउन नेपाल पर्यटन बर्ष २०११ को घोषणा गरिएको छ ।
यो संख्यालाई स्वागत संत्कार गर्न भने सहरमा समेत हरियाली कायम गर्नु पर्दछ । बिदेसीहरु सबैभन्दा पहिलो काठमाडौंको बिमानस्थलमा आउने भएकोले चालु बर्षमा सहरी बन बिकास गर्ने सरकारी योजना रहेको छ । जसअनुसार गत जुन ५ तारिख बिश्व बाताबरण दिवसको दिनबाट नेपाल पर्यटन बोर्डले बिदेसीहरुलाई रुख राप्न लगाउने कार्यक्रम अघि सारेको थियो । यो कार्यक्रम अहिले अलपत्र परेको छ । । पर्यटन बर्षलाई सफल बनाउन भने यो कार्य सुचारु गर्न नितान्त आबश्यक देखिन्छ । सहरी सुन्दरता बढाउन पनि सडक किनाराहरुमा बोटबिरुवा रोपिनु पर्दछ ।
घरघरबाट निस्कने फोहरलाई तह लगाउन सकिएमा सडकमा फोहर थुप्रिदैन । यसले गर्दा सडक किनारामा बोट बिरुवा हुर्कन सहज हुन्छ । फुटपाथाका बीच बीचमा रुख रोपिएको भए पनि जुलुस र आन्दोलनको क्रममा बिगार्ने गरिएको छ । आगामी दिनमा बन्द हड्ताल जस्ता अराजक गतिबिधि नहुने हो भने सहरी बन बिस्तार हुन सक्छ ।
दोबाटो र चौबाटोमा पनि बगैचाहरु बनाउन सकिन्छ । एयरपोर्ट अगाडिको तीनदोबाटोमा बगैचा नबन्दा बिदेसीहरुले नरमाइलो अनुभब गर्ने गरेका छन् । त्यहाँ फुलको खेती गर्न सकिएमा त बिदेस जाने नेपालीको बिदाइ गर्न र नेपाल आउने बिदेसीलाई स्वागत गर्न ताजा फुलको माला प्रयोगमा ल्याउन सकिन्छ ।
यस बाटोको दायाँबायाँ रुख रोपिनु पर्दछ । केही बर्ष अघि हुर्केका रुखहरु अहिले घर घडेरी बनाउने क्रममा काटिएका छन् स्वच्छ र हराभरा सहर बनाउन त्यहाँ फेरी पनि जातजातका बोटबिरुवा रोपिनु पर्दछ ।
रिङरोडमा रोपिएका रुखहरु धमाधम ढल्न थालेका छन् । धुलो उड्न नदिन र बाइकवालाहरुलाई सजिलै ओहरदोहर गर्न दिन पनि हरियाली आबश्यक छ । सरकारले बागमती अञ्चलमा मात्रै चार लाख बढी मोटर बाइक दर्ता गराएको छ । तर बाइकवालाहरुको लागि छुट्टै बाटो भने बनाइदिएको छैन । यसले गर्दा उनीहरु मारमा परेका छन् । कम सदस्य रहेको बिदेसी पर्यटकको टोली पनि बाइकमा घुम्न रुचाउछन् । उनीहरुको सुबिधालाई हेरेर पनि सरकारले सडक किनारामा बोटबिरुवा रोप्नु पर्दछ ।
बिदेसीहरु नेपालका पुराना मन्दिर हेर्न आउने गरेका हुन । मन्दिर परिसरमा गमलामा फुल राप्नु पर्दछ । फुलको सुगन्धले मन्दिरलाई सुन्दर र थप आकर्शक बनाउन सकिन्छ । यी फुल पुजापाठको लागि प्रयोग गर्न सकिन्छ । मन्दिर परिसरमा हुने अश्लिल गतिबिधि गर्नेहरु यसबाट निरुत्साहित हुने देखिन्छ ।
पोखरीका डिलहरुमा पनि बोटबिरुवा रोपेर, पोखरीको पानीका शुद्धता सन्तुलित पार्न सकिन्छ । लोप हुदै कमलपोखरीहरुमा कमला फुलाउने तत्पराता देखाउनु पर्दछ । पोखरी वरपरको क्षेत्रलाई बगैचाको रुपमा बिकास गर्न सकिन्छ । पिकनिक स्पट समेत बनाउन सकेमा त आय अर्को श्रोत पनि हुन्छ ।
बाटाका डिभाइडरको रुपमा ठुला गमला प्रयोग गर्न सकिन्छ । फुल रोपिएका डिभाइडरहरुमा ट्राफक नियमहरु लेख्न सकिन्छ । यसबाट सडक दुर्घटना पनि कम गर्न सकिन्छ । सडकहरु सुन्दर देखिएमा नै यहाँ एक चोटी आएका बिदेसीहरु अर्को पटक पनि आउने इच्छा राख्छन् । आफ्नो देश फर्केर आफन्त र इष्टमित्रालाई नेपाल घम्न सिफारीस गर्दछन् । यसरी पर्यटक संख्या बढाउन पनि डिभाइडरहरुमा बोटबिरुवा रोप्नु पर्दछ ।
होटेलहरु पनि बोटबिरुवा रोपेर झकिझकाउ पारिनु पर्दछ । त्यहाँ रहेका खाली जग्गामा फोहर थुपार्नु भन्दा बचैचाको रुपमा परिणत गर्नु पर्दछ ।
टुरिष्ट चेकपोष्टहरुमा पनि बोटबिरुवा रोपिएका गमलाहरु सजाइनु पर्दछ । चेकपोष्टबाट नेपाल पर्यटन बोर्ड पर्यटकलाई रुख रोप्न लगाउने कार्यक्रमको बारेमा जानकारी दिने ब्यबस्था गरिनु पर्दछ ।
समग्रमा भन्नु पर्दा नेपाल पर्यटन बर्ष सफल पार्न सहरी बनको टड्कारो आबश्यकता छ । सहरी बनके बिकासले बायु प्रदुशण क्षति पनि न्यून हुन्छ । यसको लागि आगामी चैतमा बनस्पति बिभागको स्वर्ण जयन्तीको अवसरमा हुने लागेको बनस्पति प्रदर्शनीमा सहरी बन बिकासको लागि प्रमुख बिषय बनाइनु पर्दछ ।

No comments: